A Brand For Everyone SAMSUNG

A Brand For Everyone SAMSUNG

सामसुङ्ग सि सेरिज

सामसुङ्गले हरेक उपाभोक्ताको आवश्यकता अनुरुपका स्मार्टफोनको डिजाईन गर्ने क्रममा सि सेरिजलाई विश्व बजारमा उतारेको धेरै भएको छैन । तर, फ्ल्यागसिप सेरिज झैं यसको चर्चा र उपाभोक्ता चासो चुलिएर गएको छ । गएको जनवरीमा विश्व बजारमा उतारिएको सि सेभेन अक्टुवर २०१६ मा ल्याईएको सि नाईन प्रो दुवै नेपाली बजारका लोकप्रिय स्मार्टफोन हुन् ।
स्पेसिफिकेसनमा विविधता र उपभोक्तालाई छनौटको अधिक विकल्प सि सेरिजका प्रमुख विशेषता हुन् । २.२ गेगाहर्ज क्षमताको अक्टाकोर प्रोसेर भएको सि सेभेन प्रोमा ४ जिवि ¥याम र ६४ जिविको स्टोरेज क्षमता दिईएको छ भने १.४४ गेगाहर्ज क्षमताको क्वालकम स्न्यापड्रागन प्रोसेर भएको सि नाइन प्रोमा ६ जिवि ¥याम र ६४ जिविको स्टोरेज क्षमता दिईएको छ । ५.७ इन्च स्क्रिन युक्त सि सेभेन प्रो र ६ इन्चको स्क्रिन युक्त सि नाइन प्रो दुवैमा उस्तै गुणस्तरको डिस्प्लेको प्रयोग गरिएको छ । २५६ जिवि क्षमता सम्मको माईक्रो एसडी कार्ड सपोर्ट गर्ने यि दुवै डिभाईस डिजाइन र फिचरका हिसावले उत्कृष्ठ र मुल्यका हिसावले निक्कै किफायती मानिन्छन् । १६ मेगापिक्सेल क्यामेरा, फिङ्गर प्रिन्ट स्क्यानर, फुल मेटल बडी, उत्कृष्ठ विशेषताले सुसज्जित हुनु र आकारका हिसावले निक्कै स्लिम रहनु सामसुङ्ग सि सेरिज स्मार्टफोनका समान विशेषता हुन् ।

सामसुङ्ग जे सेभेन प्रो

सामसुङ्गको फुल मेटल बडिको किफायती फोन । अर्थात जे सेभेन प्रो । यसको परिचय यतिमा मात्रै सिमित रहँदैन । १३ मेगापिक्सेलको रिअर क्यामेरा अनि १३ मेगापिक्सेलकै सेल्फि क्यामेरा । त्यसैले यो फोन सेल्फि प्रेमिमा लक्षित छ भन्दा अतियुक्ती नहोला । तस्विर खिचेर सोसल मिडियामा सोझै सेयर गर्ने विकल्प सहितको यो स्मार्टफोनलाई सोससल क्यामेरा भएको फोनको रुपमा सामसुङ्ग स्वयंले परिचित गराउँदै आएको छ ।
५.५ इन्च एफडिएच एमोलेड डिस्प्ले भएको, थ्रि जिवि ¥याम तथा ६४ जिवि स्टोरेज क्षमता रहेको यस स्मार्टफोनमा १२८ जिविको अतिरिक्त माईक्रो एसडी कार्ड राखि स्टोरेज बढाउन सकिन्छ । ३६०० मिलिएम्पियरको विशाल ब्याट्री भएकाले निर्धक्क दिनभर भिडियो हेर्न होस् या सोसल मिडियामा अपडेट रहन होस् यो स्मार्टफोन पर्याप्त रहन्छ । दुईवटा सिमकार्ड प्रयोग गर्न सकिने यो स्मार्टफोन फिङ्गर प्रिन्ट स्क्यानर द्वारा सुसज्जित रहेको छ ।

सामसुङ्ग नोट ८

गएको अगष्ट महिनामा अन्तराष्ट्रिय बजारमा ल्याईएको सामसुङ्ग नोट एट डिजाइन, डिस्प्ले, परफरमेन्स र क्यामेराका क्षेत्रमा सर्बाधिक अब्बल स्मार्टफोनको रुपमा परिभाषित गरियो । नोट सेभेनमा ब्यहोरेको प्राविधिक असफलता पछी ल्याइएको नोट एट अन्तराष्ट्रिय मोबाइल बजारको गुणस्तरीयताको बेन्चमार्क बन्न सफल भयो । सन् २००९ मा पहिलो स्मार्टफोन लन्च गरेको सामसुङ्ग मोबाइल डिभिजनले दश बर्ष नवित्दै यस क्षेत्रमा हाँसिल गरेको उत्साहजनक परिणाम निक्कै लोभलाग्दो छ । १.७ गेगाहर्ज अक्टाकोर सामसुङ्ग एक्स्योनस नाईन अक्टा ८८९५ प्रोसेसर प्रयोग गरिएको यो मोबाइल फोनलाई परफरमेन्सका लागि अधिकांस रेटिङ्ग कम्पनीहरुले दशमा दश नै अंक दिएका छन् ।
डु विगर थिङ्गस् ट्याग लाइनका साथमा विश्व बजारमा उतारीएको नोट एट डिजाइनका हिसावले हेर्दा जति आकर्षक छ प्रयोगमा त्यतिकै सहज पनि छ । ६.३ इन्च ठूलो स्क्रिीन भएको यो फोनको इन्फिनिटी डिस्प्लेले प्रयोगकर्तालाई अद्भूत अनुभूती दिलाउन सफल भएको छ । १८.५ः९ को अनौठो एक्पेक्ट रेसियोमा स्क्रिीन निर्माण गरेको यस मोबाइल फोनले वाइडर भ्यूको अनुभूती गराउँछ । ए नियरर्ली बेजल लेस फोनको रुपमा अगाडि सारिएको यस मोबाइल फोनको डिजाइन उत्कृष्ठ रहेकोमा शायदै कसैको फरक मत रहला ।

एस पेन
सामसुङ्ग नोट सेरिजको प्रमुख विशेषतानै एस पेन हो । जसको कार्यक्षमतामा सामसुङ्गले दिनप्रतिदिन गरेको अभिवृद्धिले यसलाई उत्कृष्ठ बनाउन सफल भएको छ । लाईभ म्यासेज, स्मार्ट सेलेक्ट तथा स्क्रिन अफ मेमो जस्ता विशेषतालाई प्रयोगमा ल्याउन सहयोगी यो एस पेनले कम्प्युटर माउसको झैं सटिकता र क्षमता राख्छ । यो एउटा त्यस्तो पेन हो जसले भर्चुवल वल्र्डमा गरेर कहिं पनि आफ्नो क्षमता प्रदर्शन गर्नसक्छ । साधारण पेनले लेखेजस्तै अनुभव दिलाउने ०.७ मिलिमिटरको टिप भएको एस पेनले ४०९६ लेभल अफ पेन प्रेसर सृजना गर्ने क्षमता राख्छ ।

क्यामेरा
१२ मेगापिक्सेल डुअल पिक्सेल सेन्सर एफ १.७ एप्रेचर भएको लेन्स भएको डुअल क्यामेरामा डुअल अप्टिकल इमेज स्टेवलाइजरको प्रयोग गरिएको छ । लाइभ फोकस गर्ने सक्षमता राख्ने नोट एटको क्यामेराले २ एक्स अप्टिकल जुम सपोर्ट गर्छ । ८ मेगापिक्सेलको सेल्फि क्यामेरा भएको यस मोबाईल फोनको क्यामेरालाई डिएसएलआर क्यामेरा सँग तुलना गर्न सकिने फोटोग्राफरहरु स्वयंले बताउँदै आएका छन् ।

सेक्युरिटी
फिङ्गगर प्रिन्ट स्क्यानर होस् या आईरिस स्क्यानर, बायोमेट्रिक्स सेक्युरिटी प्रणाली अपनाईएको यो स्मार्टफोन सुरक्षाका दृष्टिकोणले निक्कै अब्बल मानिन्छ । फेस रिकग्नाईजेसन, प्यार्टन, पिन वा पासवर्ड कुनै पनि सेक्युरिटी टुल्स्को प्रयोग गरि यस फोनलाई सुरक्षित बनाउन सकिनेछ ।
सामसुङ्ग डेस्क, गिअर ३६०, गिअर भिआर, बिक्सबी जस्ता टुल्सहरुले यस स्मार्टफोनलाई अत्याधिक स्मार्ट बनाउन सफल भएको छ भने ६ जिवी ¥यामले यसको गतीलाई निक्कै तिब्र बनाएको छ । अर्किड ग्रे र मिडनाईट ब्लाक गरि दुई भिन्न रङ्गहरुमा उपलब्य यस स्मार्टफोनलाई नोट सेरिजका प्रयोगकर्ताहरुले निक्कै ब्यग्रताका साथ प्रतिक्षा गरिरहेकाले पनि हुनसक्छ विश्व बजारमा यो हट केक सावित भयो ।
सामसुङ्ग एस एट

सामसुङ्गको फ्ल्गसिप एस सेरिजको उत्कृष्ठ फोनको रुपमा सन् २०१७ को अप्रिल २१ मा विश्व बजारमा डेब्यु गरेको एस ८ तथा ८ प्लसले विश्वभरका स्मार्टफोन पारखीहरुको सहजै ध्यानाकार्षण गर्न सफल भयो । बेजललेस इन्फिनिटी डिस्प्लेलाई प्रमुखताका साथ मार्केटिङ्ग टुल्सका रुपमा उपयोग गरिएको यो फोनको उत्कृष्ठ डिजाईन र परफरमेन्सको तुलना अन्य नामी भनिएका ब्राण्ड सँग पनि हुनै सक्दैन । क्यामेरा होस् या स्पिकर, इन्टरटेन्मेन्ट होस् या ब्यावसायिकता हर क्षेत्रमा उपयोगी हुने गरी डिजाइन गरिएको यस स्मार्टफोनलाई हातमा लिनेस्वयंलाई स्मार्ट बनाएको अनुभूती तुल्याउन सफल भयो । एस ८ प्लसको अपार सफलताको मुख्य कारण पनि यही हो ।
अनबक्स योर फोन ट्यागलाईन सहित विश्व बजारमा उतारिएको यो फ्ल्यागसिप डिभाइसले सफलता प्राप्त गर्नुको पछाडि यसको ब्राण्डिङ्ग र प्राईस पोजिसनिङ्ग पनि प्रमुख रह्यो । सामसुङ्गले पहिलो पटक आईरिस स्क्यानर प्रयोग गरेको यस स्मार्टफोनलाई डेक्सटपको रुपमा प्रयोग गर्न सकिने गरि सामसुङ्ग डेक्स पनि यही डिभाईस बाट डेब्यु गरेको हो । एस सेरिजका एस ८ तथा एस ८ पल्स गरि दुई भिन्न आकारमा यो स्मार्टफोन विश्व बजारमा भित्र्याईएपनि एस ८ प्लसलाई नै अधिकांस ग्राहकले रुचाए । डस्ट तथा वाटर प्रुफ यो स्मार्टफोन पावर, परफरमेन्स र ब्याट्रीको सक्षमताका कारण समेत उत्कृष्ठ सावित भएको हो ।
डुअल एज सुपर एमोलेड ६.२ इन्च ठूलो स्क्रिन युक्त एसएट प्लसमा दिईएको डुअर पिक्सेल सेन्सर युक्त १२ मेगापिक्सेलको क्यामेरा, एफ १.७ एप्रेचर, युएचडी फोर के भिडियो रेकर्डिङ्गको क्षमता जस्ता विशेषता युक्त उत्कृष्ठ क्यामेराले समग्र स्मार्टफोन फोटोग्राफिकै क्षेत्रमा नयाँ स्तर निर्धारण गरिदियो ।
दुईवटा सिमकार्ड राख्ने वा माइक्रो एसडी कार्ड राखेर स्टोरेज बढाउने विकल्प दिईएको यस स्मार्टफोनमा सामसुङ्गले पहिलो पटक टाईप सि युएसवि केबललाई एडप्ट गरेको थियो । ४ जिवि ¥याम र ६४ जिविको स्टोरेज क्षमता भएको यो स्मार्टफोनको उत्कृष्ठ ब्याट्री पनि धेरै प्रयोगकर्ताको रोजाईको पहिलो कारण बन्दै आएको छ ।
सामसुङ्ग जे टु प्रो

सुपर एमोलेड डिस्प्ले, २ जिवि ¥याम र १६ जिवि स्टोरेज क्षमता भएको फोर जी स्मार्टफोनको भन्ने वित्तीकै नेपाली बजारका अधिकांस स्मार्टफोन विक्रेताले जे टु प्रोको नाउँ लिन्छन् । ग्यालेक्सि जे टु प्रोलाई किफायती मुल्यको एक उत्कृष्ठ स्मार्टफोनको रुपमा लिन सकिन्छ । टर्बो स्पिड टेक्नोलोजीमा आधारीत डिजाइनका कारण यस स्मार्टफोनको परफरमेन्समा बढेको सक्षमताका कारण यो उपाभोक्ता माझ सहजै लोकप्रिय बन्न सफल भयो ।
५ इन्च ठूलो सुपर एमोलेड हाई डेफिनेसन डिस्प्ले प्रयोग गरिएको यस स्मार्टफोनमा १.५ गेगाहर्जको प्रोसेसर प्रयोग गरिएको छ । २६०० मिलिएम्पियरको ब्याट्री युक्त जे टु प्रो मा १२८ जिवि सम्मको माईक्रो एसडी कार्ड उपयोगमा ल्याउन सकिन्छ । जम्मा १३८ ग्राम तौल युक्त यो फोन डिजाईनका हिसावले कहिं कतै खोट लगाउने ठाउँ छैन । एसबाईक मुड तथा अल्ट्रा डाटा सेभिङ्गका कारण जे टु प्रो लाई प्राविधिक रुपमा निक्कै सबल स्मार्टफोनको रुपमा लिन सकिन्छ । ब्ल्याक, सिल्भर र गोल्ड गरि तिन भिन्न रङ्गहरुमा उपलब्ध जे टु नेपाली बजारमा सार्बधिक रुचाईएको स्मार्टफोन मध्येमा पर्छ ।

 

Follow us