सार्बधिक सुरक्षित टिगुवान

सार्बधिक सुरक्षित टिगुवान

आम नेपालीको बढ्दो आय र सुध्रिएको जीवन शैलीको पर्याय मान्न सकिन्छ सडकमा देखिने लक्जरी कारहरुको लस्कर । विलाशिताबाट आवश्यकता बनिसकेको सवारी साधनको महत्व र आवश्यकता सँगै सुविधा सम्पन्न सवारीसाधनको प्रयोगमा नेपाली उपभोक्ताको जोड बढेको देखिन्छ । यसै आवश्यकतालाई सम्बोधन गर्ने पक्षमा विश्व प्रसिद्ध लक्जरी अटोमोबाईल ब्राण्ड फक्सवागन नेपाली बजारमा अग्रपंक्तिमा रहन सफल भएको छ । अटोमोबाईल डिजाईनमा ओभर इन्जिनियर्ड ट्याग लाग्ने जर्मन कार उत्पादकहरु मध्येको पनि अब्बल ब्राण्ड फक्सवागनले निक्कै उत्तार चढाव युक्त बर्षको रुपमा सन् २०१६ लाई गुजारे सँगै विश्व बजारमा उतारेको टिगुवानको परिस्कृत सन् २०१७ भर्सनले उपभोक्ताको उच्च ध्यानाकर्षण गर्न सफल भयो ।

सन् २००६ को लस एन्जल्स अटो सोमा कन्सेप्ट कारको रुपमा डेब्यु गरेको फक्सवागनको कम्प्याक्ट एसयुभी टिगुवान विश्व बजारको एक सफल एसयुभीको रुपमा सुपरिचित भयो । द न्यु किङ्ग अफ द कंक्रिट जंगलको रुपमा रिडिजाइन्ड टिगुवानलाई विश्व बजारमा उतारे सँगै यसले पुनः कार बजारमा नयाँ हलचल मच्चाउन सफल भएको हो । फक्सवागनको नेपालको लागी आधिकारीक विक्रेता पुजा इन्टरनेसनल प्रा. लि. ले हालै एक भब्य कार्यक्रमको आयोजना गरि द अल न्यु टिगुवानलाई नेपाली बजारमा आधिकारीक रुपमा भित्र्यायो । तिन सय पचास भन्दा बढीको संख्यामा नेपाली सडकमा गुडिसकेका टिगुवान नेपाली सडक सुहाउँदो मात्र होईन नेपाली उपभोक्ताको चाहाना र आवश्यकता परिपुर्ती गर्न समेत सक्षम रहेकाले नेपाली उपभोक्ताको मन मस्तिष्कमा सहजै रहन सफल भएको हो ।

डिजाईन
स्टाटस सिम्बोलको रुपमा लिनेहरुका लागि मात्र होइन टिगुवानको आकर्षक डिजाईनले कारको सामान्य ज्ञानै नभएका बच्चा देखी बृद्धहरु सम्मलाई पनि लोभ्याउन सक्षम भएकाले यो डिजाइनका हिसावले उत्कृष्ठ भएको जो कोहीलाई बुझ्न गाह्रो पर्नेछैन । बोल्ड मस्कुलर लुक युक्त अर्बन एसयुभीको रुपमा डिजाइन गरिएको टिगुवानको फ्रन्ट ग्रिल होस् या साईड ट्रिम्स्हुन् स्टाईलिङ्गमा कुनै सम्झौता गरिएको छैन । एडेप्टिफ फ्रन्ट लाईटिङ्ग सिस्टम युक्त अत्याधुनिक र क्षमतावान एलइडी हेड ल्याम्पले टिगुवानलाई अग्रभागबाट निक्कै आक्रामक देखाउन सफल भएको छ भने समानन्तर रेखाका साथमा डिजाईन गरिएको एलइडी टेल ल्याम्प निक्कै अपिलिङ्ग छन् । अघिल्लो मोडल भन्दा बढी ह्विल वेस युक्त यस नयाँ टिगुवानले सडकका अवरोध सहज र निर्वाध पार गर्नसक्ने क्षमतामा बृद्धि गरेको मात्र छैन सुरक्षित र आरामदायी ड्राईभिङ्गका लागि सक्षमता हाँसिल गर्दै अतिरिक्त स्पेस पनि थप गरेको छ । १८ इन्चको एलोइ ह्विल युक्त टिगुवान परैवाट अलग देखिन्छ । टिगुवान सडकमा दौडिइरहँदा अन्य ड्राईभरहरुका लोभिएका नजर देख्न गाह्रो पर्नेछैन ।

इन्टेरिअर
कम्प्लिटली रिडिजाईन इन्टेरिअर यात्रु तथा चालकका आधुनिक आवश्यकता सम्बोधनका लागि पूर्ण र परिपक्क देखिन्छन् । स्पेसियस इन्टेरियरका कारण प्राप्त अतिरिक्त लेगरुम देखी यात्रुको मुड अनुसार निर्धारण गर्न सकिने मुड लाईटिङ्ग सम्मका स–साना डिटेलिङ्गले टिगुवानलाई कार भन्दा बढी एउटा पर्सनल स्पेसको रुपमा उभ्याउने कोशिस फक्सवागनले गरेको प्रष्टै देखिन्छ । पानारोमिक सन रुफ होस् या लेदर इन्टेरिअर टिगुवानका सामान्य विशेषता भएपनि यसले टिगुवानको उत्कृष्ठ इन्टेरिअरलाई दिने परफेक्ट म्याच अतुलनिय छ । मल्टिफङ्गसन, लेदर ¥याप्ड हिटेड स्टेरिङ्ग ह्विल होस् या डुअल जोन अटोमेटिक क्लाईमेट कन्ट्रोल होस् कारको इन्टेरिअर डिजाईनमा विशेषताका उत्कृष्ठताले सुनमा सुगन्ध थप्ने काम गर्न फक्सवागेन सफल भएको देखिन्छ ।
परफरमेन्स
स्नो मुड, अन–रोड मुड, अफ–रोड मुड, अफ–रोड कस्टम मुड गरि तिन भिन्न ईन्जिन मुड तथा ड्राईभिङ्ग कन्डिसनमा ड्राइभ गर्न सकिने टिगुवान एक उत्कृष्ठ अलह्विल ड्राईभ एसयुभी भएकोमा शायदै कसैको फरक मत रहला । फोर मोसन सिस्टम युक्त टिगुवान २००० सिसिको टर्बो चार्जड् इन्जिन द्वारा सुसज्जित रहेको छ । १८४ हर्सपावर शक्ति उत्सर्जन गर्ने टिगुवान सिटी होस् या अफ रोड दुवैका लागि सर्बश्र्रेष्ठ रहने निश्चित छ ।
प्रविधि
आधुनिक कारहरु मात्र सवारी साधन नभएर यात्रारत यात्रु तथा ड्राइभरका यात्राका प्रमुख साथि बन्न उद्दधत रहन थालेका छन् । फलतः प्रविधिको उच्चतम प्रयोग गरि कार भित्रको स्पेसलाई पर्सनलाईज्ड् गर्न यसका डिजाइनरहरुले भरमग्दुर मिहेनत गरेको पाइन्छ । एण्डरोइड अटो र कार प्ले दुवै अपरेटिङ्ग सिस्टम सपोर्ट गर्ने सक्षमता रहेको टिगुवानले आत्मसाथ गरेका प्रविधिहरुले यात्रु र ड्राईभरको आवश्यकतालाई पूर्ण सम्बोधन गर्ने देखिन्छ । चार अलग ड्राईभरको ब्याक्तिगत रुची र सिट कन्फिगरेसनलाई मेमोराईज्ड गरेर राख्ने टिगुवानको ड्यासबोर्ड यसमा समाहित सुविधा र डिस्प्लेका कारण नै फक्सवागन को ड्यासवोर्ड डिजिटल ककपिटको रुपमा परिचित हुन सफल भएको हो । झण्डै १३ इन्चको डिजिटल इन्फरमेसन डिस्प्ले क्लस्टरले टिगुवानलाई चित्ताकर्षक बनाएको छ । पेडेस्टेरियन मनिटरिङ्ग सिस्टम होस् या पार्क पाइलट टिगुवानले प्रविधिका हिसावले आत्मसाथ गरेका उन्नत विशेषताहरु हुन । जसमा संभावित दुर्घटनाबाट जोगिन तथा जोगाउन कारमा स्वाचालित ब्रेकिङ्ग प्रणालीको समेत प्रयोग गरिएको छ । फ्रन्ट एसिस्ट, ब्लाइण्ड स्पट मनिटर, रियर ट्राफिक अलर्ट, लेन एसिस्ट, एडेप्टिभ क्रुज क्रन्टोल, एरिया भ्यु तथा लाइट एसिस्ट जस्ता विशेषताहरुले सुसज्जित टिगुवानमा अटोमोाबाईलका क्षेत्रमा विकसित नविनतम प्रविधिहरुको उपयोगमा कुनै कन्जुस्याँई गरिएको छैन ।

सुरक्षा
टिगुवान यात्रु तथा ड्राईभरको सुरक्षाका लागि निसंकोच कुनै पनि सम्झौता नगरीएको एक उत्कृष्ठ कार हो । गाडीको अग्रभाग तथा पछाडीबाट हुने दुवै किसिमका ठक्करबाट जोगाउन क्र्यास इनर्जी एब्जर्ब गर्ने क्षमताको स्ट्रक्चरल डिजाईन गरिएको टिगुवानमा अत्याधुनिक इन्टेलिजेन्ट क्र्यास रेस्पोन्स सिस्टमको प्रयोग गरिएको छ । अटोमेटीक पोष्ट कोलिजन ब्रेकिङ्ग सिस्टम, टायर प्रेसर मनिटरिङ्ग सिस्टम तथा सेभेन स्टेबिलिटी इन्ह्यान्सिङ्ग सिस्टम जस्ता प्राविधिक विशेषताहरुले टिगुवानलाई एक पूर्ण सुरक्षित एसयुभी बनाउन सफल भएको छ ।
विश्व प्रसिद्ध द्याटचामबाट सेफेस्ट कार अफ द इअर २०१७ को अवार्ड हात पार्न सफल टिगुवानले सन् २०१७ को शुरुवात सँगै वल्र्ड कार अफ द इअरबाट सम्मानित हुने अवसर प्राप्त गरिसकेको छ । युरोपको एनक्याप परिक्षणमा फाईभ स्टार अवार्ड हात पार्न सफल टिगुवान मूल्यका हिसावले समेत यस सेग्मेन्टको एक उत्कृष्ठ कार बन्न सफल भएकोमा शायदै कसैको फरक मत रहला ।
यहाँ स्मरणीय छ नेपाली बजारमा टिगुवान भिन्न तिन ईन्जिन अप्सनमा उपलब्ध छन् । १४०० सिसिको पेट्रोल इन्जिन, २००० सिसिको पेट्रोल इन्जिन वा २००० सिसिको डिजेल इन्जिन मध्ये कुनै विकल्पको टिगुवान यहाँले रोज्न सक्नुहुनेछ । यि सबै भेरिएन्टस्मा उपभोक्ताको आवश्यकता र चाहना अनुसार अलग विशेषता र स्पेसिफिकेसन उपलब्ध रहेका छन् ।
नेपाली बजारमा टिगुवानलाई सफलताको हार्दिक शुभकामाना ।

Follow us