पर्यटकलाई लोभ्याउने अथाह कुराहरु छन्

पर्यटकलाई लोभ्याउने अथाह कुराहरु छन्

कतार एअरवेजका प्रमुख गन्तब्यहरुमा काठमाडौंबाट यात्रा गर्ने यात्रुको ४० प्रतिशत बजार हिस्सा हामीले लिंदै आएका छौं । युरोप, अमेरिका तथा अफ्रिकाका विभिन्न गन्तब्यहरुमा कतार एअरवेज सबै तह र तप्काका यात्रुहरुको पहिलो रोजाई बन्दै आएको छ । हामी नेपाली आकासको नम्बर एक एअरलाइन्स भएकोमा गर्व गर्छौं । एउटा वाईडवडी जाहजका साथमा दैनिक चार उडान भर्दै आएको कतार एअरवेजले निरन्तर नेपाली हवाई आकासमा हाँसिल गरेको प्रगती पक्कै पनि गर्व गर्न लायक छ ।

 

काठमाडौं उडानका २० बषर्को अवधिलाई कसरी स्मरण गर्न चाहनुहुन्छ ?

निरन्तर बृद्धि र विकासका साथमा हामीले काठमाडौं उडानमा हाँसिल गरेको सफलताले हामी गौरवान्वित भएका छौं । सन् २००७ मा कतार एअरवेजले दोहाबाट उडान भरेर काठमाडौं विमानस्थलमा अवतरण गर्दाको अवस्था सँग तुलना गर्दा आज निक्कै ठूलो परिवर्तन आईसकेको छ । कतार एअर स्वयंमा भएको यो परिवर्तन र नेपाली बजारमा समेत भएको परिवर्तनको संयुक्त सकारात्मक प्रतिफलनै हामीले मनाउँदै गरेको सफल उडानको विसैं वार्षिकोत्सब भएको मेरो बुझाई छ ।

कतार एअरवेजका प्रमुख कार्यकारी अधिकृत महामहिम अकबर अल बकरको नेतृत्वमा कतार एअरवेजले गरेको सफलता सँगै कतार एअवेजको उडान संजाल र विमानहरुको संख्यामा ब्यापक रुपले बृद्धि भयो । यता, नेपालको अर्थिक अवस्थामा सुधार हुँदै गयो भने यो पर्यटकिय गन्तब्य देशको रुपमा उदाउने क्रम पनि यहीं शुरु भयो । मध्यपूर्वी मुलुकहरुको विकासका लागि दक्ष तथा अदक्ष जनशक्ति आपुर्तीको प्रमुख देश समेत नेपाल बन्यो । नेपालबाट बैदेशिक शिक्षाका लागि जाने दौर पनि यहि बेला शुरु भयो भने पछिल्लो समयमा पर्यटकका रुपमा नेपालीहरुले विश्वका विभिन्न मुलुकहरुको भ्रमण अवलोकन पनि गर्न थालेका छन् । यि समग्र पक्षहरुले नेपालमा वायुसेवाको आवश्यकता, महत्व र संभाब्यता थप बलियो बन्दै गयो । जसमा फाईव स्टार सर्भिस र अन टाईम फ्लाईट जस्ता कारणहरुले कतार एअरवेजको बढ्दो लोकप्रियता र नेपाली बजार सुहाउँदो प्रतिस्पर्धी हवाई भाडा दर कायम गर्ने हाम्रो ब्यावसायिक नीति अनुरुप हामीले उल्लेख्य सफलता हाँसिल गर्न सक्यौं । साताका चार उडानबाट शुरु गरेको काठमाडौं उडान दुई दशकको छोटो अन्तरालमा दैनिक चार उडानमा पु¥याउन सक्नु पक्कै पनि सानो सफलता होइन । त्यसैले वितेको यो विस बर्षमा हामीले गर्ब गर्ने ठाउँहरु प्रसस्त बनाएका छौं ।
यो सफलताको कारक भने म होइन । म त त्यो भाग्यमानी ब्यक्ति हुँ जसले यो सफलतालाई विसौं बार्षिकोत्सको रुपमा मनाउने मौका प्राप्त गरिरहेको छु । कतार एअरवेजका अधिल्ला म्यानेजरहरु, यसको काठमाडौं स्टेसनका कर्मचारीहरु तथा यहाँका ट्राभल ट्रेड पार्टनरहरुको संयुक्त प्रयास र सहयोगले यो सफलता संभव भएको मेरो बुझाई छ ।

विसौं बार्षिकोत्सब मनाईरहँदा नेपाल र नेपाली पर्यटन क्षेत्र प्रति आफूलाई कतिको जिम्मेवार महशुष गरिरहनु भएको छ ?

नेपालको पर्यटन क्षेत्र र हामीले सँगै साथ साथ विकास गरेका हौं । यस अर्थमा म त आफुलाई एक अर्काको परिपुरक भन्न चाहन्छु । त्यसैले हामी नेपाली पर्यापर्यटन प्रति जति जिम्मेबार र प्रतिबद्ध छौं शायदै अरु कोही रहलान् । त्यसैले पनि हुनसक्छ हामीले आफ्नो विसौं बार्षिकोत्सबको शुभारम्भ नेपालको महत्पूर्ण पर्यटकीय स्थल एवं युनेस्को हेरिटेज साईट बौद्ध बाट ग¥यौं भने हामीले नेपालको पर्यटन क्षेत्रको विकासमा रहेका संभाब्यता र चुनौतीको चर्चा गर्दै एक विशेष कार्यक्रमको समेत आयोजना ग¥यौं । नेपाली पर्यटन क्षेत्रको विकासमा नित्तान्त रुपमा लक्षित यो कार्यक्रममा नेपालका पर्यटन क्षेत्रका दिग्गजहरु निम्त्याईएका थिए भने प्रमुख अथितीका रुपमा स्वयं पर्यटन मन्त्री हुनुहुन्थ्यो । जसबाट प्राप्त निचोडले नेपालको पर्यटन विकासमा थप सकारात्मक योगदान पु¥याउने मैंले विश्वास लिएको छु ।

नेपाल देबो भुमी हो । यो बुद्धले जन्म लिएको श्री पशुपतीनाथले बास गरेको पुन्य भूमी हो । यहाँ पर्यटकलाई लोभ्याउने अथाह कुराहरु छन् । यहाँ लुम्बिनी छ, यहाँ पशुपती छ, यहाँ सगरमाथा छ, यहाँ पोखरा जस्तो सुन्दर शहर छ, यहाँ भक्तपुर दरवार स्क्वायर जस्तो सम्पदा छ । सौराहमा गैंडा र बाघ प्रतक्ष्य हेर्न सकिन्छ । घोरपाटनमा शिकार खेल्न सकिन्छ । भोटेकोशीमा ¥याफ्टिङ्ग र अन्नपूर्ण वेसक्याम्पका पैदल यात्रा होस् सबै पर्यटन विकासका संवाहक हुन् । यहाँको सदावाहार मौसमले बाह्रै महिना अन्तराष्ट्रिय सभा सम्मेलन गर्ने स्वतन्त्रता प्रदान गर्छ भने आयुर्वेद र शिक्षालाई विश्वभर फैलाएर नयाँ बजार खोज्न सकिन्छ । नेपाली हस्तकला, पस्मिना र गलैंचा त पहिल्यै विश्व प्रसिद्ध छन् । यि अवसरहरुको सदुपयोग गर्नसके नेपालले कायपलट गर्न कतिपनि समय लाग्ने छैन ।

नेपाल बाट उडान भर्ने अग्रणी अन्तराष्ट्रिय बायुसेवा प्रदायक भएकाले कतार एअरवेजले नेपालको पर्यटन विकासमा आफुलाई पहिलो साझेदारको रुपमा उभ्याउँदै नेपाली पर्यटनको विकास र विस्तारमा प्रतक्ष अग्रसरता जनाउँदै आएको छ । कतार एअरवेजको विभिन्न अन्तराष्ट्रिय स्टेसन यसका विभिन्न प्रकासनहरु तथा अनलाईन मिडियामा हामीले नेपाललाई प्रमुखताका साथ प्रचार प्रसार गर्दै आएका छौं भने विभिन्न किसिमका प्रबद्र्धनात्मक हवाई भाडादर दिएर विश्व भरका पर्यटकलाई नेपाल आउन आकर्षित गर्ने गरेका छौं । हामीले काठमाडौं उडानको विसौं बार्षिकोत्सव मनाई रहँदा नेपाली पर्यटन क्षेत्रमा मात्र नभएर नेपालका विभिन्न सामाजिक कार्यहरुमा समेत आफुलाई अग्रसर बनाउन हामी लक्षित रहेका छौं ।

कतार एअरवेज अन्य वायुसेवा भन्दा किन भिन्न छ ?

एअरलाइन भनेको यात्राको एउटा माध्यम हो । कसैको पनि होलिडे, भेटघाट वा कामको शुरुवात गन्तब्यमा पुगेपछी हुन्छ । त्यसैले सबैजसो बायुसेवाका यात्रुहरुको यात्राको शुरुवात एअरलाइन्सबाट ओर्लिएपछी हुन्छ । तर, कतार एअरवेजका हकमा यो विल्कुल फरक छ । हाम्रा यात्रुले कतार एअरवेजको चेक इन काउन्टर देखि आफ्नो होलिडे र यात्राको शुरुवात भएको महशुष गर्छन् । ग्राउण्डमा रहँदा होस् या आकासमा हुँदा होस् कतार एअरवेजका यात्रुले प्राप्त गर्ने आथित्यता एवं सेवा सुविधा तथा पस्किने खानाले यात्रुलाई भिन्न अनुभूती दिलाउन सफल हुँदै आएको छ ।

फाईभ स्टार एअरलाइनको रुपमा विश्व हवाई आकासमा आफ्नो बलियो उपस्थिती जनाउँदै आएको कतार एअरवेजले निरन्तर वल्र्डस् वेस्ट एअरलाइन, वल्र्डस् वेस्ट विजनेस क्लास, वेस्ट विजनेस क्लास लाउन्ज लगायतका दर्जनौं अवार्डहरु हात पार्दै आफूलाई अग्रणी वायुसेवाको रुपमा उभ्याउन सफल भएको छ । प्रतिस्पर्धी हवाई भाडा दर, विश्वब्यापी उडान संजाल तथा सरल कनेक्सनले कतार एअरवेजलाई विश्व हवाई आकासकै उत्कृष्ठ वायुसेवा बनाउन सफल भएको हो ।

कतार एअरवेजले नेपाली बजारमा प्राप्त गरेका उपलब्धिहरुलाई कसरी लिनुहुन्छ ?

कतार एअरवेजका प्रमुख गन्तब्यहरुमा काठमाडौंबाट यात्रा गर्ने यात्रुको ४० प्रतिशत बजार हिस्सा हामीले लिंदै आएका छौं । युरोप, अमेरिका तथा अफ्रिकाका विभिन्न गन्तब्यहरुमा कतार एअरवेज सबै तह र तप्काका यात्रुहरुको पहिलो रोजाई बन्दै आएको छ । हामी नेपाली आकासको नम्बर एक एअरलाइन्स भएकोमा गर्व गर्छौं । एउटा वाईडवडी जाहजका साथमा दैनिक चार उडान भर्दै आएको कतार एअरवेजले निरन्तर नेपाली हवाई आकासमा हाँसिल गरेको प्रगती पक्कै पनि गर्व गर्न लायक छ । नेपाली वजारको आवश्यकता अनुसार उडान तथा सिट संख्या थप्दै जाने निती लिएकाले हामी बजारमा विद्यमान अस्वस्थ्य प्रतिस्पर्धाबाट भने निक्कै टाढा रहँदै आएका छौं ।

विमानस्थल पूर्वाधारका बारेमा गरिने टिकाटिप्पणीलाई कसरी लिनुहुन्छ ?

सानो मुलुक नेपाल, राजनीतिक अस्थिरतामा दशकौं रुमल्लिएर बल्ल अलिक स्थिरता तर्फ उन्मुख हुँदैछ । त्यसको एउटा सानो विमानस्थल । त्यसमा धेरै अपेक्षा गर्न सकिंदैन । सिमित स्रोत साधनका बाबजुत दैनिक पचास भन्दा बढी अन्तराष्ट्रिय उडानहरु संभब तुल्याएकोमा बरु म खुशि हुन्छु । अनि दिनप्रतिदिन पूर्वाधारहरुको विकास हुँदै गएको देखेर म भविष्य प्रति अझ आशावादी बन्नेगर्छु । यसमा म अरुले गरे जस्तो गुनासै गुनासो गर्नुभन्दा पनि यसभित्रका सकारात्मक पक्षहरुको चर्चा र भएका सकारात्मक उपलब्धिहरुको उपयोगमा जोड दिन चाहन्छु । विकास हुँदैछ जसको विकल्प छैन । हामीले धैर्यता गर्नुपर्छ आगामी दिनमा अवश्य पनि सकारात्मक परिणामहरु हाँसिल गर्नेछौं ।

संभाब्य यात्रुहरुलाई यहाँको सन्देश के छ ?

कतार एअरवेज विश्वकै सर्बोत्कृष्ठ वायुसेवा प्रदायक हो । संभाब्य यात्रुहरुलाई यसको फाइभ स्टार सर्भिसको पारख गर्नका लागि कतार एअरवेजमा यात्राका लागि आग्रह गर्न चाहन्छु । फाइभ स्टार एअरलाइन भएर पनि हामीले प्रतिस्पर्धी हवाई भाडादर कायम गरेका छौं । हामीले आफ्नो उडान संजाल निरन्तर विस्तार गरिरहेका छौं । हाम्रो ट्याग लाईन गोइङ्ग प्लेसेस टुगेदरलाई रियालिटीमा ल्याउन हामीले कुनै कसर बाँकि राखेका छैनौं । संसारको अधिकांस कुनामा कतार एअरवेजको साथमा पुग्न सकिन्छ । त्यसैले हाम्रो आथित्यताको अनुभूती गर्न समस्त यात्रुहरुलाई मेरो आग्रह छ ।

 

Jayaprakash Nair
Country Manager – Nepal Qatar Airways

Follow us