थाई एअरवेजको जुनसुकै गन्तब्यमा उडान भर्ने यात्रुहरुलाई छुट

थाई एअरवेजको जुनसुकै गन्तब्यमा उडान भर्ने यात्रुहरुलाई छुट

नेपालमा ग्राउण्ड ह्याण्डलिङ्ग तथा ईन्जिनियरिङ्ग सर्भिस आफैं गर्ने हामी मात्र एक्लो अन्तराष्ट्रिय बायुसेवा प्रदायक हौं । यसरी पूर्ण सेवा र क्षमताका साथमा हामीले अत्याधुनिक वाईड बडी वोईङ्ग ७७७ मार्फत काठमाडौं हरेक दिन उडान भर्दै आएका छौं । बैंकक भन्दा अघिल्ला गन्तब्यहरुमा स्मुथ कनेक्सन, सर्ट ट्रान्जिट टाईम, उच्च स्तरीय इनफ्लाईट इन्टरटेन्मेन्ट सिस्टम आदिले थाई एअरवेजलाई यात्रुहरुले अलग स्थानमा राख्दै आएका छन् ।

थाई एअरवेजले नेपाल उडानको ५० औं बार्षिकोत्सव मनाईरहँदा कस्तो अनुभूती गरिरहनु भएको छ ?
५० बर्ष निश्चय पनि सानो आवधि होईन । काठमाडौं उडानको यस ऐतिहासिक घडिलाई मैंले जनरल म्यानेजरको हैसियतले उल्लाहसपूर्वक मनाउन पाउँदा निक्कै गौरवान्वित महशुष गरेको छु । बैंककबाट काठमाडौं उडानको त्यो पहिलो क्षण जति महत्वपूर्ण थियो आजको यो ५० औं बार्षिकोत्सव उत्तिकै महत्वपूर्ण छ र यो ऐतिहासिक समारोहको साक्षि बन्न पाउँदा मैंले आफूलाई निक्कै भाग्यमानी सम्झिएको छु । यस पचास बर्षको अवधिमा हामिले हाँसिल गरेका उपलब्धि र पार गरेका आरोह अवरीहको फेहरीस्त निक्कै लामो छ । ति सबैका बाबजुत मैंले यो पचासौं बार्षिकोत्सव मनाउने क्रममा इतिहासका पाना तथा तस्विरहरु पल्टाउँदा यो समय निक्कै चाँडो वितेको महशुष गरें । आफूलाई दिनप्रतिदिन विश्व हवाई आकासमा शसक्त र विश्वासनिय बनाउँदै निरन्तर प्रगती हाँसिल गर्न सफल भएर वितेका पचास बर्ष निक्कै सुखद् भएको मेरो बुझाई रहेको छ ।

थाई एअरवेजले नेपाली पर्यटन क्षेत्रमा खेलेको योगदानलाई कसरी चर्चा गर्न चाहनुहुन्छ ?
काठमाडौं उडानको पचास बर्षे सम्बन्धका छेउमा मेरो अनुभव निक्कै कम छ । तर, मैंले काठमाडौं स्टेसनमा कार्यरत रहेका पुराना कर्मचारी, जीवत रहेका यस संस्थामा आबद्ध रहेका पुराना कर्मचारी र ट्राभल एजेन्सिहरु सँगको भेटघाट र वहाँहरुको प्रतिकृयाबाट भने मैंले धेरै बुझ्ने मौका पाउँदै आएको छु । थाई एअरवेजले पहिलो अन्तराष्ट्रिय गन्तब्यको रुपमा उडान भरेको काठमाडौं निक्कै आत्मिय शहर हो । जससँग ब्यावसायिक भन्दा बढी भावनात्मक सम्बन्धले प्रश्रय पाउने गरेको मेरो अनुभव छ । काठमाडौं स्टेसनका कर्मचारी हुन् या मुख्यालयका उच्च पदस्त कर्मचारी हुन् सबैको काठमाडौं प्रति समान प्रकृतीको आत्मिय दृष्टिकोण रहँदै आएको छ । त्यसैले पनि होला काठमाडौं र नेपाललाई प्रबद्र्धनात्मक कार्यहरुमा पहिलो प्राथमिकतामा राखिंदै आएको छ । हामीले काठमाडौं उडानको पचास बर्षे यात्रामा करोडौं पर्यटकलाई काठमाडौं ओहोर दोहोर गराईसकेका छौं । विशेष सहुलियत हवाई भाडादर प्रदान गरेर होस् या यसको ब्यावसायिक प्रबद्र्धन गरेर होस् हामीले नेपालको पर्यटकिय विकासमा निरन्तर आफूलाई सक्रिय राखेका छौं । बौद्ध धर्मालम्बिहरुको उल्लेख्य जनसंख्या रहेको थाईल्याण्डका जनताले बुद्धका जन्मथलो लुम्बिनिमा जीवनमा एकपटक पाईला अवश्य टेक्ने अभिलाषा राख्छन् र लाखौं थाई जनता नेपाल यसै कारणले प्रेरित भएर आउने गर्छन् । यसले पनि नेपालको पर्यटन प्रबद्र्धनमा ठूलै भूमिका खेलेको अनुभूती हुन्छ । त्यसका अलावा, नेपालको हवाई क्षेत्रको विकासमा हामीले उल्लेख्य लगानी गर्ने गरेका छौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक लाउन्ज सेवाको शुरुवात होस् या सक्षम ईन्जिनियरिङ्ग डिपार्टमेन्टको परिचालन होस् यसले नेपालको उड्ययन क्षेत्रमा पक्कै पनि सकारात्मक भूमिका खेलेको छ ।


थाई एअरवेज नेपालको पर्यटन क्षेत्रको विकासका अलावा विभिन्न किसिमका सामाजीक उत्तरदायित्व निर्वाह गर्ने तर्फ पनि उत्तिकै सक्रिय रहँदै आएको छ । लुम्विनीलाई कार्यक्षेत्र बनाएर थाई एअरवेजको सहयोगमा बर्षेनी आँखा शिविर संचालन गर्दै आएका छौं । जहाँ स्थानिय वासिन्दाको आँखाको सामान्य चेक जाँच देखि लिएर शल्यक्रिया सम्मको सेवा प्रदान गर्ने गर्छौं । हामीले बर्षेनी रक्तदान कार्यक्रमको आयोजना समेत गर्दै आएका छौं भने गत बर्ष हामीले हाम्रा ट्राभल ट्रेड पार्टनरहरुको मुटुको स्वास्थ्य चेक जाँचका लागि विशेष कार्यक्रम समेत आयोजना ग¥यौं । यसलाई हामी अव बार्षिक क्यालेण्डरमा समावेस गर्नेछौं । त्यसबाहेक विभिन्न सामाजीक संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुलाई स्पोन्सर गरेर समेत हामीले सामाजिक कार्यहरुमा आफुलाई सक्रियता तुल्याउँदै आएका छौं ।

पचासौं बार्षिकोत्सवलाई थाई एअरवेजले कसरी मनाउँदैछ ?
हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पचास बर्ष अगाडि अवतरण गरेको दिन डिसेम्बर ४ लाई पारेर हामीले ट्राभल ट्रेड पार्टनर, सरकारी कर्मचारीहरु, कुटनीतिक ब्याक्तिहरु तथा संचार माध्यमहरुलाई समेत आमन्त्रण गरि भब्यताका साथ पचासौं बार्षिकोत्सवको शुभारम्भ ग¥यौं । यो बर्ष भरि नै काठमाडौंबाट थाई एअरवेजको जुनसुकै गन्तब्यमा उडान भर्ने यात्रुहरुले विभिन्न किसिमका छुट तथा योजनाहरु प्राप्त गर्नेछन् भने नेपाललाई यस अवधिमा विश्व भरका थाई एअवेजका कार्यलयहरु मर्फत विशेष प्रबर्धन गरिनेछ । हामी टिजी गल्फ कप आयोजना ग¥यौं भने यस अवधिमा नेपालमा आयोजना गरिने विभिन्न किसिमका खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा हाम्रो निरन्तर सहभागिता रहनेछ । हामी सामाजीक कार्यप्रति विशेष योजना ल्याउन अग्रसर भईसकेका छौं भने थाई राजदुतावाससँगको सहकार्यमा समेत हामी विभिन्न कार्यक्रम तथा योजनाहरुमा सरिक हुनेछौं ।

नेपालीहरुको छुट्टी मनाउने पहिलो गन्तब्यको रुपमा विकास भएको थाईल्याण्ड भ्रमणमा जान चाहने यात्रुहरुका लागि यहाँहरुले कस्तो सुविधा प्रदान गरिरहनु भएको छ ?
हामीले आफ्ना यात्रुहरुलाई काठमाडौं उडानको ५० बर्षको खुशियालीको उपहार स्वरुप काठमाडौंबाट थाईल्याण्डको कुनै पनि गन्तब्यमा उडान भर्दा हवाई टिकटमा ५० प्रतिशत सम्म छुटको ब्यवस्था गरेका छौं । यहाँले भने जस्तै नेपाली पर्यटकहरु माझ बैंकक तथा पटाया छुट्टी मनाउने पहिलो गन्तब्यको रुपमा विकासित भईसकेको सर्बविदित्तै छ । तुलनात्मक रुपमा सस्तो हवाई भाडा दर किफायती मूल्यका होटल तथा प्रतिस्पर्धी भ्रमण प्याकेज नै थाईल्याण्डमा पर्यटकको आकर्षण बढ्ने पहिलो कारण हो । थाईल्याण्डका रमणीय पर्यटकीय स्थल, यहाँका सांस्कृतीक सम्पदा, लोभलाग्दा समून्द्री किनारहरु र बच्चा देखी बृद्ध सम्मलाई चाहिने हरेक आकर्षणका कारण सबैको रोजाईको पर्यटकीय गन्तब्यको रुपमा थाईल्याण्ड विकास भएको हो । नेपाली यात्रु तथा पर्यटक थाई एअरवेज र थाईल्याण्ड दुवैका लागि महत्वपूर्ण छन् । वहाँहरुको सुविधा र आकर्षणका लागि हामी कुनै कसर बाँकी राख्दैनौं ।

निक्कै प्रतिस्पर्धी नेपाली हवाई आकासमा थाई एअरवेज किन अलग छ ?
थाई एअरवेज थाई हस्पिटालिटी र आथित्यताको अनुपम नमुना हो । हामीले यात्रुलाई दिने सेवा र सत्कारका कारण थाई एअरवेज विश्व हवाई आकासकै विश्वासनिय र अग्रणी ब्राण्ड बनिसकेको छ । त्यसैले निक्कै प्रतिस्पर्धी हवाई आकासका बाबजुत हामी सदा झैं नेपाली यात्रुहरु माझ पहिलो रोजाई बन्न सफल हुँदै आएका छौं । स्टार एलायन्स सदश्य वायुसेवाको रुपमा रहेको थाई एअरवेजका नियमीत यात्रुहरुले प्राप्त गर्ने अतिरिक्त सेवा र सुविधाका साथमा प्रतिस्पर्धी हवाई भाडादर हाम्रो विशेषता हो । काठमाडौंमा विजनेस क्लास यात्रुका लागि हाम्रो आफ्नै लाउन्ज छ, नेपालमा ग्राउण्ड ह्याण्डलिङ्ग तथा ईन्जिनियरिङ्ग सर्भिस आफैं गर्ने हामी मात्र एक्लो अन्तराष्ट्रिय बायुसेवा प्रदायक हौं । यसरी पूर्ण सेवा र क्षमताका साथमा हामीले अत्याधुनिक वाईड बडी वोईङ्ग ७७७ मार्फत काठमाडौं हरेक दिन उडान भर्दै आएका छौं । बैंकक भन्दा अघिल्ला गन्तब्यहरुमा स्मुथ कनेक्सन, सर्ट ट्रान्जिट टाईम, उच्च स्तरीय इनफ्लाईट इन्टरटेन्मेन्ट सिस्टम आदिले थाई एअरवेजलाई यात्रुहरुले अलग स्थानमा राख्दै आएका छन् ।

 

Follow us